दफा ६३
निर्वाचन प्रतिनिधि
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको कुनै उम्मेदवारले कुनै मतदातालाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गरेमा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका सम्बन्धमा दलको तर्फबाट गर्नु पर्ने सम्पूर्ण काम कारबाही गर्न दलले तोकिए बमोजिम आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवार वा दलले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना सम्बन्धित निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ ।
(४) निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।